शुक्रबार, जेष्ठ २३, २०७७
    विज्ञान/प्रविधि

    इन्टरनेटले निस्क्रिय बन्दै किशोरकिशोरी : ८३% नेपाली 'टिनेजर' अल्छीको सूचीमा

    शनिबार, ७ मंसिर २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ७ मङ्सिर ।

    हालै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले गरेको अध्ययनबाट किशोर अवस्था उमेरका व्यक्तिहरु निस्क्रिय बन्दै गएको एक अध्ययनले देखाएको छ।

    विश्वका किशोरकिशोरी कति सक्रिय छन् भनी डब्लुएचओले अध्ययन गरेको थियो । जसमा सबैभन्दा अल्छी दक्षिण कोरियाको किशोरकिशोरी भएको देखाएको छ। ११ देखि १७ वर्षका उमेरकाबीच गरिएको उक्त अध्ययनअनुसार कोरियाका ७ प्रतिशतमात्र एक घन्टाभन्दा बढी क्रियाशिल देखिन्छन् । बाँकी भने एक घन्टा पनि सक्रिय नहुने अध्ययनमा देखियो ।

    यो अध्ययनमा बंगलादेश पहिलो नम्बरमा रहेको छ । यहाँका ३३ प्रतिशत यो उमेर समूहका व्यक्ति एक घन्टाभन्दा बढी सक्रिय रहेको अध्ययनले देखायो । यो सूचीमा नेपाल कम अल्छीको ६३ औं नम्बरमा परेको छ भने बढी अल्छी सूचीको ८४ नम्बरमा परेको छ । यो उमेरका १६.५ प्रतिशतमात्र एक घन्टा बढी सक्रिय रहेको तथ्याङ्क डब्लुएचओले जनायो।

    बंगलादेशपछि स्लोभाकिया, आयरल्यान्ड र अमेरिकाका किशोरहरु एक घन्टाभन्दा बढी सक्रिय रहने देखिएको छ।

    यसो हुनुमा आधुनिक जीवनशैली र इन्टरनेट प्रमुख कारण रहेको एक विज्ञलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast