सोमबार, माघ १३, २०७६
    सावधान

    सेवाग्राहीबाट घुस : मालपोत कार्यालय प्रमुख रङ्गेहात पक्राउ, अनुसन्धान हुँदै

    शुक्रबार, ६ मंसिर २०७६, आहाखबर

    लहान, ६ मङ्सिर । 

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ । 

     

    आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले रु पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।

     

    सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast