मंगलवार, फागुन ६, २०७६
    मुभी-थिएटर

    फ्राइडे रिलिज : फिल्म ‘च च हुई’ एक्लै प्रदर्शनमा

    शुक्रबार, ६ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ६ मङ्सिर

    आज शुक्रबारबाट फिल्म ‘च च हुई’ प्रर्दशनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले एकल प्रदर्शनको अवसर समेत पाएको छ । एकल प्रदर्शनको अवसर पाएपछि निर्माण टिम ‘च च हुई’ ले राम्रो ब्यापार गर्नेमा ढुक्क छन् ।

    रोमान्टिक कमेडी जनरामा निर्माण भएको फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको अमृत घोले लामा निर्माता हुन् । 

    फिल्ममा सिजन दाहालको पटकथा ,सन्देश आर्यालको लेखन , सुशन प्रजापतिको छायांकन र भुटिया स्वयंको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व रहेको छ । 

    फिल्ममा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा ,माओत्से गुरुङ, पुस्कर गुरुङ ,बबिता मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast