आईतवार, चैत्र २३, २०७६
    सार्क

    अफगानिस्तानको विषयमा समेत चर्चा

    कश्मीर विवादलाई अन्तर्राष्ट्रीयकरण गर्ने पक्षमा इमरान, ट्रम्पलाई फोन गरेर के भने ?

    शुक्रबार, ६ मंसिर २०७६, आहाखबर
    फाइल फोटो

    इस्लामाबाद, ६ मंसिर ।

    कश्मीर मुद्दाललाई फेरि ब्युँताउन कोशिश गरिरहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरि त्यसको चर्चा गरेका छन् । 

    खानले ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा भारत र पाकिस्तानबीचमा विवादको विषय रहको कश्मीर मुद्दालाई लिएर सो विषयमा चर्चा गरेका हुन् । त्यसका साथै खानले अफगानस्तानको शान्ति प्रक्रियाका विषयमा लिएर समेत ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए । 

    हालका दिनमा आइओके अर्थात कश्मीरमा शन्तिकै माहोल रहेको बताइएता पनि इमरानले उक्त मुद्धालाई अन्तर्राष्ट्रीयकरण गर्न चाहेको बताइन्छ । यसअघि समेत  बारम्बार यस मुद्धामा मध्यस्थता गर्न चाहेका ट्रम्पलाई इमरानले पछिल्लो पटक गरेको टेलिफोन संवादलाई अर्थपूर्णरुपमा समेत हेरिएको जानकारहरु बताउँछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast