आईतवार, मंसिर २२, २०७६
    कला-सौन्दर्य

    यो सवालको जवाफ जसले ऐश्वर्या रायलाई विश्व सुन्दरी बनायो

    शुक्रबार, ६ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ६ मसिर

    विशेषतः धेरै नै चर्चामा रहँदै आएको विश्व सुन्दरी प्रतियोगिताको कुरा गर्दा यसमा प्रायः  विजेताहरुमा पनि सुन्दरता सँगसँगै उनीहरुको अन्य चीजप्रतिको मूल्यांकन गर्ने क्षमता राम्रो भएको भेटिन्छ ।

    यसैबीच, सन् १९९४ मा ‘विश्व सुन्दरी’ को ताज पहिरिएकी सुन्दरी ऐश्वर्या रायमा भएको उदारता र जागरुकता फैलाउने सोचका कारण नै उनी विश्व सुन्दरी बन्न सफल भएको उल्लेख गरिन्छ । 

    ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा दिएको प्रश्नको जवाफ नै यति मिठो थियो कि उनलाई ताज समेत पहिर्यो ।

    उनलाई विश्व सुन्दरीमा हुनुपर्ने गुण के कस्ता हुन् भनेर सोधिएको थियो । उनले भनेकी थिइन्, ‘अहिलेसम्म जतिजना विश्व सुन्दरी देखेकी छुँ ति सबैमा दयाको भावना रहेको छ । उनीहरुमा ठूला बडाको लागि मात्र होइन बेसाहारा र केही नभएका गरिब दुखिहरुका लागि पनि उत्तिकै दया र माया थियो । जसमा मानिसले बताएको विभिन्न बाधा, बन्धन, राष्ट्रियता, रंगभेद र भेदभावलाई बिर्सेर दुनियाँ देख्न सक्छ त्यो मात्रै विश्वसुन्दरी बन्न सक्छ र एक असल मानिस ।।’

    प्रतियोगिताको दौरान ८७ वटा देशका युवतीहरुले भाग लिएका थिए । उनले मनछुने जवाफ दिएर निर्णायकहरुको मन जितेकी थिइन् । २१ वर्षकी ऐश्वर्याले उक्त समयमा आर्किटेक्चरको पढाई गरिरहेकी थिइन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast