शनिबार, आषाढ २७, २०७७
    सार्क

    श्रीलङ्काकामा दाजु राष्ट्रपति, भाई प्रधानमन्त्री

    बिहिवार, ५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ५ मङ्सिर

    श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्नै दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    प्रधानमत्री रनिल विक्रम सिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ ।  

    श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ  । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast