शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    आँखा तेजिलो बनाउन रायोको साग ! यस्ता छन् यसका अन्य औषधीय गुण

    बिहिवार, ५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ५ मङ्सिर

    सागसब्जीमध्ये रायोलाई राजा मानिन्छ । स्वादका हिसाबले मात्रै नभएर यसको पौष्टिकता र औषधीय गुणले पनि यो राजा भनिन लायक छ ।

    विभिन्न पौष्टिकताले भरिएको रायोमा निकै सकारात्मक कुराहरु छन् यसका साथै रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

     

    यस्ता छन् रायो खानुका फाइदाहरु

    आँखा तेजिलो बनाउँछ

    रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ  ।

     

    मुटु बलियो बनाउँछ 

    मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ  ।

     

    क्यान्सरबाट जोगाउँछ

    रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

     

    डन्डीफोर कम गर्छ 

    रायोको सागमा पाइने तत्व डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

     

    गर्भवतीलाई लाभ गर्छ 

    गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ ।

     

    रुघाखोकीबाट जोगाउँछ 

    रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

     

    पत्थरी हुन दिँदैन 

    पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

     

    बाथका रोगीलाई राहत दिन्छ

    रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

     

    जोर्नी र हड्डी बलियो बनाउँछ

    रायोको सागमा भिटामिनको प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

     

    शरीरका विकार फाल्छ 

    रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनवटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीर बाहिर निकाल्छन् ।

     

    स्मरणशक्ति बढाउँछ

    उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

     

    महिनावारीमा राहत दिन्छ

    रायोको सागमा पाइने भिटामिनले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ । शरीरका विकार फाल्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast