आईतवार, आषाढ २१, २०७७
    मुभी-थिएटर

    फिल्म ‘मन परेसी पर्यो-पर्यो’ मा पूजा र आकाशको जोडी दोहोरिदै

    बिहिवार, ५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ५ मङ्सिर

    ‘पोइ र्पयो काले’ को सफलतापछि नायक आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फिल्म ‘मन परेसी र्पयो र्पयो’ मा दोहोरिने भएको छ । 

    रघु परियारले निर्माण गर्न लागेको फिल्ममा आकाश र पुजासँगै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु राना पनि रहेका छन् । पुषको अन्तिम साताबाट छायाकंन सुरु हुने फिल्म फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा निर्माण हुने निर्देशक रुपेश थिङ तामाङले जानकारी दिए । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्म चितवन र कालिञ्चोकको रमणीय ठाँउहरुमा छायांकन हुने तामाङले बताए । तर फिल्मको छायाकंनमा जानुभन्दा अघि नै प्रर्दशन मिति घोषणा गरिएको छ । 

    यो फिल्म आउदो चैत २८ गतेबाट रिलिज हुदैँछ । यही मितिमा पुजालाई स्टार बनाएको फिल्म प्रेम गीतको तेस्रो सिरिज ‘प्रेमगीत ३’ पनि रिलिज हुने पक्का भएको छ । अब पुजाले आफुलाई स्टार बनाएको फिल्मसँग भिडन्त गर्न लागेकी छिन् ।

    यसअघि ‘रामकहानी’ बाट सुरु भएको पुजा र आकाशको सहकार्य ‘मन परेसी र्पयो र्पयो’ सम्म आइपुगेको छ । हाल यो जोडीको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रर्दशनको तयारीमा छ । 

    त्यस्तै ‘पोइ र्पयो काले’ पनि उनीहरुले ‘सम्झना विर्सना’ पनि साइन गरेका छन् । यो फिल्म चाँडै छायाकंनमा जाने तयारीमा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast