मंगलवार, माघ ७, २०७६
    राज्य-समाज

    मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्री ओलीले 'भोलि नयाँ मन्त्रीको सपथ हुन्छ' भनेपछि ...

    मंगलवार, ३ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ३ मङ्सिर 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिहरूको हेरफेर हुने जानकारी गराएका छन्।

    मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताए।

    ओलीले को-को मन्त्री हट्दैछन र थपिदैछन् भन्नेबारेभने कुनै जानकारी नगराएको एक मन्त्रीले  बताए। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि(बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast