शनिबार, मंसिर २८, २०७६
    राज्य-समाज

    विकास र समृद्धिका लागि ढकाललाई अर्थमन्त्री बनाउँछौँ : नेता सापकोटा

    मंगलवार, ३ मंसिर २०७६, आहाखबर

    भक्तपुर, ३ मङ्सिर

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न आगामी उपनिर्वाचनमा नेकपाको उम्मेदवारहरु निर्वाचित हुनुपर्ने बताउनुभएको छ ।

    यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज नेकपाले छालिङमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले चाँगुनारायण प्रदेशबाट ढकाललाई निर्वाचित गरे प्रदेश नं ३ को अर्थमन्त्री बनाउन पहल गर्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रका जानकार ढकालले भक्तपुरको विकासका लागि दत्तचित्त भएर लाग्ने विश्वास दिलाउनुभयोे ।

    कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग समन्वय गरेर विकासका लागि धेरै बजेट ल्याएर काम गर्न पनि नेकपाको उम्मेदवार निर्वाचित हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा उम्मेदवार ढकालले आफू निर्वाचित भए चाँगु क्षेत्रको विकासका लागि प्रदेशबाट ठूलो राशिको बजेट ल्याएर विकास र समृद्धिको काम सफल पार्ने बताउनुभयो । घरदैलोमा चाँगुनारायण नगरपालिकाको छालिङका गाउँगाउँमा पुगेर भोट मागेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast