बुधबार, चैत्र २६, २०७६
    मुभी-थिएटर

    ‘सेल्फी किङ्ग’मा विपिनको नँया अवतार

    मंगलवार, ३ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ३ मङ्सिर 

    नेपाली कथनाक चलचित्र ‘सेल्फी किङ्ग’ पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति समेत तय गरेको छ । माघ २४ मा प्रदर्शन हुने चलचित्रमा अभिनेता वीपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको छ । 

    नायक विपिन कार्की हरेक चलचित्रमा फरक गेटअपका साथ प्रस्तुत हुन रुचाउँछन् । यसैले पनि उनलाई भर्सटायल कलाकारको रुपमा चिनिन्छ । 

    निर्माणपक्षले सार्वजनिक गरेको  पोस्टरमा विपिनलाई मात्र समावेश गरिएको छ । विपिन कार्कीको चलचित्र भित्रको गेटअप यो पोष्टरले पुष्टी गर्न खोजेको छ ।

    विशाल सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा कलाकारको कथालाई प्रस्तुत गरेको छ । एक कलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षलाई चलचित्रमा देखाइएको छ ।

    सुभाष थापा र दिनेश राउतको निर्माण रहेको चलचित्रमा लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ ।

    चलचित्रका निर्माता राउत भन्छन्–‘चलचित्रमा कमेडी पाटोहरु पनि छन् । तर, यो एउटा गम्भिर कथामा बनेको चलचित्र हो ।’

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast