काठमाडाैं, ३ मंसिर
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सार्वजनिक भइरहेका समाचारहरुबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ ।
मन्त्रीमण्डल हेरफेरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच मतभेद बढेको भन्ने आशयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले खण्डन गरेको हाे ।
मंगलवार एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित ती समाचार भ्रामक भएको जीकिर गरेको हाे ।
सचिवालयले विज्ञप्तीमा भनेको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रशारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ । मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रप्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ ।’
सचिवालयले मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेकोमा अध्यक्ष प्रचण्ड स्पस्ट रहेको समेत जनाएको छ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com