शनिबार, मंसिर २८, २०७६
    राज्य-समाज

    सीमा विवाद चर्किंदै गर्दा भारतले पठायो श्यामशरण !

    सोमबार, २ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २ मङ्सिर

    नेपाल–भारतबीचको सीमा विवादका कारण सम्बन्धमा चिसाेपना देखिरहेका वेला भारतीय पूर्वराजदूत श्याम शरण काठमाडौं आउनुभएको छ ।

    नेपालको कालापानी लगायतका क्षेत्र भारतले अतिक्रमण गरेपछि बढेको आक्रोशकाबीच श्याम शरण काठमाडौं आउनुभएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर काठमाडौं आएको बताइएको छ ।

    भारतले राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गरेपछि यहाँ भारत विरोधी प्रदर्शनहरु भएका छन् ।

    हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान सार्वजनिक अपिल समेत गर्नुभएको थियो । सन् २००४ देखि २००६ सम्म विदेश सचिव हुनुभएका शरण नेपालका लागि भारतको राजदूत समेत हुनुहुन्थ्यो ।

    उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast