आईतवार, मंसिर २२, २०७६
    सावधान

    ठूलो रकमसहित अवैध हुण्डी कारोवारी पक्राउ

    आईतवार, १ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १ मङ्सिर

    ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast