शुक्रबार, मंसिर २७, २०७६
    राज्य-समाज

    सोमबार मन्त्रिपरिषद् पुनगर्ठन हुँदै ! नामहरु अझै टुंगो लागेन

    आईतवार, १ मंसिर २०७६, आहाखबर

    काठमाडौं, १ मंसिर

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

    आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

    तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भन्छन्, ‘नामहरु टुंगो लागेको छैन । भोलि विहानसम्म तय होला ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast