शुक्रबार, मंसिर २७, २०७६
    राज्य-समाज

    सरकार कालापानीबाट भारतीय फौज फिर्ता गराउन र मिचिएका भू–भाग फिर्ता लिन सक्षम छ : प्रधानमन्त्री

    कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह

    आईतवार, १ मंसिर २०७६, - आहा खबर संवाददाता.
    फाइल फोटो

    काठमाडौं, १ मंसिर ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सेना कालापानीबाट फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ ।
    नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतीय फौज कालापानीबाट फिर्ता गराउन र अतिक्रमित भूमि फिर्ता लिन सक्षम समेत रहेको जिकिर गर्नुभयो । 

    नेपालको एक इञ्च भूमि पनि कसैलाई मिच्न नदिने बताउँदै प्रम ओलीले भारतलाई कालापानीबाट आफ्नो सेनालाई फिर्ता गर्न आग्रह समेत गर्नुभयो ।

    सोही अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सीमा अतिक्रमण अहिले आएर मात्रै नभएको जिकिर गर्दै यसअघिका शासकहरुका कमजोरीका कारण यस्तो नियती भोग्नुपरेको उल्लेख गर्नुभयो । 

    त्यस्तै ओलीले कसैलाई पनि आफ्नो भूमि मिच्न नदिने भन्दै यस विषयलाई लिएर आफूहरु राष्ट्रिय एकता कायम गर्न सफल भएको दाबी समेत गर्नुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast