बुधबार, आषाढ २४, २०७७
    सार्क

    भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी !

    शनिबार, ३० कार्तिक २०७६, आहाखबर

    नयाँदिल्ली, ३० कात्तिक

    महाराष्ट्रमा सरकार गठनको विषयलाई लिएर भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी बेन्चतर्फ बस्ने भएको छ ।

    सोमबार सुरु हुने संसदको हिउँदे सत्रमा शिवसेनका सांसदहरु विपक्षी बेन्चमा बस्ने राज्यसभा स्रोतको हवाला दिँदै स्थानीय मिडियाले जनाएका छन् । शिवसेनाका सांसद सञ्जय राउत र अनिल देसाई विपक्षी बेन्चमा बस्ने बताइएको हो ।

    यससँगै लोकसभाका १८ सांसद पनि विपक्षी बेन्चमा बस्ने बताइएको छ । जो अहिलेसम्म सत्तापक्षको बेन्चमै बस्दैआएका थिए । यद्यपि भाजपा र शिवसेनाबाट गठबन्धन तोड्ने औपचारिक अभिव्यक्ति आएको छैन ।

    शिवसेनाले गत २१ अक्टोबरमा भएको विधानसभा चुनावमा ५६ सिट जितेको थियो । भाजपाले सबैभन्दा धेरै १ सय ५ सिट जितेको थियो । शिवसेनाले मुख्यमन्त्रीको पद सहित केही विभाग नेतृत्व गर्ने आकांक्षा देखाएपछि भाजपाले अस्वीकार गरेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast