आईतवार, मंसिर २२, २०७६
    राज्य-समाज

    प्रधानमन्त्रीको ग्रान्डी हस्पिटलमा तेस्रो डायलासिस आज

    शनिबार, ३० कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ३० कार्तिक ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक डायलासिस हुन लागेको छ ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो ।
    यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ । 

    स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

    ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast