मंगलवार, माघ १४, २०७६
    प्रेरक प्रसँग

    सम्पादक अजयबाबु शिवाकोटी पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

    शुक्रबार, २९ कार्तिक २०७६, - आहा खबर संवाददाता.

    काठमाडौ, २९ कार्तिक ।

    नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले प्रथम इञ्जा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ ।

     

    इञ्जा एसियाले शुक्रबार राजधानी काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा शिवाकोटी सम्मानित भएका हुन् । सो अवसरमा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी , इञ्जा एसियाका अध्यक्ष एवम् वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पुरस्कृत पत्रकार शिवाकोटीलाई १ हजार अमेरिकी डलर सहित प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रेस स्वतन्त्र विना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै  मानव अधिकार र प्रेस स्वतन्त्रता हनन् हुने अवस्था आउन नदिनका लागि अझै पनि खबरदारीको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

    विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा सञ्जाल इञ्जा को मूख्य कार्यालय अमेरिकाको भर्जिनियामा रहेको छ भने एसिया, युरोप, अष्ट्रेलिया र अमेरिकामा यसका महादेशीय शाखाहरु क्रियाशील रहको बताइएको छ । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा इञ्जाका सल्लाहकार तारानाथ दाहाल , लेखन कुञ्जका अध्यक्ष कमल ढकाल , ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, इञ्जाका एसियाका महासचिव दीपेन्द्र दोङ तामाङ लगायतकाृ उपस्थिती थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast