२९ कात्तिक, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलको राजधानी ब्राजिलियामा चलिरहेको ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता भएको छ ।
यो भेटमा दुवै नेताहरुबीच सीमा सुरक्षाबारे चासोका साथ छलफल भएको छ । सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्नका लागि विशेष प्रतिनिधिको बैठक गर्ने विषयमा सी र मोदीबीच छलफल भएको भारतीय सञ्चार माध्यमलले उल्लेख गरेका छन् ।
उनीहरुबीच सीमा सुरक्षाको विषयमा छलफल भएको भनिए पनि कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफल भयो कि भएन भन्ने कुरा खुलाइएको छैन ।
सी र मोदीबीच पाँच वर्ष अगाडि पनि ब्राजिलमै भेटवार्ता भएको थियो । ब्राजिलमा भएको पछिल्लो भेटमा सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको मोदीले उल्लेख गरेका छन् । हालै सीले भारतको भ्रमण गरेका थिए ।
तर यी दुई नेताबीच कश्मीरका विषयमा भने कुनै छलफल नभएको समाचारहरुमा उल्लेख छ । भेटका क्रममा सीले मोदीलाई चीन भ्रमणको निम्ता समेत दिइका छन् ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com