शनिबार, मंसिर २८, २०७६
    लाइफस्टाइल

    मेकअप गर्नुअघि यि कुरामा ध्यान दिनुपर्छ

    शुक्रबार, २९ कार्तिक २०७६, आहाखबर

    एजेन्सी, २९ कात्तिक ।

    मेकअप गर्नुअघि छाला पूर्ण रूपमा सफा हुनुपर्छ ।  मेकअप अनुहारको सौन्दर्यका लागि मात्र नभई सुरक्षाका लागि पनि गरिन्छ । यद्यपि, मेकअपमा प्रयोग हुने प्रडक्ट र आफ्नो छालाको नेचरबारे भने सचेत हुन आवश्यक हुन्छ । किनभने, खराब मेकअपले क्षणिक रूपमा सुन्दर देखिए पनि पछि कुरूपसमेत बनाउन सक्छ । त्यसैले सकेसम्म प्राकृतिक मेकअप गर्नुपर्दछ ।

    राम्रोसँग अनुहार सफा गरेर मात्र मेकअप गर्न जरुरी हुन्छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तो फेसवासले छालामा संक्रमण गराउन सक्छ ।

    छालाको प्रकृतिअनुसार मोस्चराइजर प्रयोग गर्नुपर्छ । बेलुकी सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइट क्रिमको प्रयोग गर्दा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।

    कहिल्यै पनि हतारमा मेकअप गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रोसँग बनाउन जरुरी हुन्छ । र, बिस्तारै प्रक्रिया पु¥याएर मेकअप गर्नुपर्छ ।

    आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । लामो समय मेकअप टिकोस् भन्ने चाहनुहुन्छ भने वाटरप्रुफ प्रयोग गर्नुपर्छ । र, ड्रेसअनुसार मेकअपको कम्बिनेसन मिलाउन पनि आवश्यक हुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast