काठमाडौँ, २८ कात्तिक
इमर्जिङ टिम्स एसिया कपमा नेेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
नेपालका करण केसी, सुशन भारी र ललितनारायण राजवंशीले समान एक/एक विकेट लिएका थिए । टस जितेर भारतले फिल्डिङ रोजेको भारत विरुद्ध नेपालका युवा अलराउण्डर पवन सर्राफले अर्धशतक गरेका छन् ।
अर्धसतक बनाउदा उनले दुई छक्का र साता चौका प्रहार गरे । युवा अलराउण्डर सर्राफले ४९ बलमा ५६ रन जोड्दै बोल्ड हुन पुगे । नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् ।
कुशल भुर्तेल २८, शरद भेषवाकर ४४, आरिफ शेख दुई, दीपेन्द्रसिं ऐरी २४, बिनोद भण्डारी ५ र सोमपाल कामी २ रनमा आउट भए । करण केसीले २० रन जोडे भने सुशन भारीले दुई रन जोडे । ललितनारायण राजवंशीले खाता खोल्न सकेनन् ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com