शनिबार, मंसिर २८, २०७६
    बिदेश

    ट्रम्पले भने– भारत, चीन र रूसको फोहोर अमेरिका आयो

    बिहिवार, २८ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २८ कात्तिक 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत, चीन र रूसको फोहोरका कारण अमेरिकामा पनि प्रदुषण बढेको बताएका छन् ।

    मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा बोल्दै उनले भारत, चीन, रूसलगायतका राष्ट्रले धुँवा तथा उद्योगबाट निस्कने फोहोरको व्यवस्थापन नगरेको आरोप लगाए ।

    ‘अमेरिका थोरै क्षेत्रफल भएको राष्ट्र हो,’ उनले भने, ‘भारत, चीन र रूसजस्ता देश अमेरिकाको तुलनामा धेरै ठूला छन् तर तिनले वातावरण संरक्षण गर्न केही गरेका छैनन् ।’ ती राष्ट्रले फोहोर समुद्रमा फालेको फोहोर  तैरिएर अमेरिकास्थित लसएन्जल्समा पुग्ने गरेको ट्रम्पको भनाइ छ ।

    बढ्दो जलवायु परिवर्तन गम्भीर विषय रहेको उल्लेख गर्दै उनले विश्वास गरे पनि नगरे पनि आफू वातावरणप्रेमी रहेको दाबी गरे।

    ट्रम्पले पेरिस जलवायु परिवर्तन सम्झौता अमेरिकाको लागि उपयुक्त नभएको र सो सम्झौताले अर्बौंको घाटा हुने बताए । ट्रम्पले पेरिस सम्झौताबाट सन् २०१७ मा अमेरिकालाई  अलग बनाएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast