बुधबार, मंसिर २५, २०७६
    सावधान

    यातायातमा अख्तियारको छापा, घुस रकमसहित शाखा अधिकृत पक्राउ

    बिहिवार, २८ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २८ कात्तिक 

    आर्थिक अनियमितता भएको सुराकीकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यातयात व्यवस्था कार्यालयमा छापा मारेको छ ।

    आयोगको टोलीले यातयात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारी मोटरसाइकल शाखाका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई घुस रहमसहित नियन्त्रणमा लिएको छ ।

    अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै घुस रकम माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियाराको टोलीले उनलाई तीन हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

    आयोगको कार्यालय टंगालबाट गएको टोलीले घुस रकमसहित शाखा अधिकृत भट्टराई र घुस दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखाबाटै पक्राउ गरेको हो ।पक्राउ परेका पाँचै जनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको आयोगले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast