बुधबार, मंसिर २५, २०७६
    कला-सौन्दर्य

    जोखिममा अभिनेत्री शिल्पा !

    बिहिवार, २८ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २८ कात्तिक 

    सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ ।अब उनलाई पक्राउ गर्ने बाटो खुलेको छ ।

    निर्माता छवि ओझासँग विवादपछि सम्बन्ध विच्छेदको प्रक्रियामा गएकी शिल्पा र छविविरुद्ध छविकी पहिली श्रीमती हेमाकुमारी ओझाले मखानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको जाहेरी दर्ता गराएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुवैलाई पक्राउको अनुमति लिएको थियो ।

    हेमाले आफू छविको जेठी श्रीमती भएको र आफ्नो वैवाहिक सम्बन्ध कायम रहँदारहँदै छवि र शिल्पा आपसमा विवाह गर्नु बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    शिल्पाले छविसँग छोडपत्रका लागि जे प्रमाण राखेकी थिइन्, हेमाले त्यसैलाई टेकेर बहुविवाहको जाहेरी दिएकी थिइन् । अदालतबाट पक्राउ पूर्जी जारी भएसँगै प्रहरी छवि शिल्पाको खोजीमा खटिएपछि उनी पक्राउको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेकी थिइन् । पछि सर्वोच्चले तत्कालका लागि पक्राउ नगर्न आदेश दिएको थियो । 

    आदेश आएपछि शिल्पा सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेकी थिइन् तर मंगलबार सो आदेश खारेज भएसँगै अब उनी र छवि पक्राउ पर्ने जोखिम बढेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast