काठमाडौँ, २८ कात्तिक
सुनको भाउ आज (बिहीबार) प्रतितोला ६ सयले बढेर ७२ हजार रुपैयाँ पुगेको छ । बुधबार पनि छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँ नै बढेर ७१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ । सुनचाँदीको बजार भाउ भने अन्तराष्ट्रिय मूल्यका आधारमा कायम हुने गर्छ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com