बुधबार, मंसिर २५, २०७६
    विज्ञान/प्रविधि

    नेपाल टेलिकमले १८ अर्बको फोरजी परियोजनामा किन गर्‍यो ढिलाई ?

    बिहिवार, २८ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, २८ कात्तिक । 

    नेपाल टेलिकमले १८ अर्ब रुपैयाँ खर्चिएर फोरजी सेवा तोकिएको समयमा पूर्ण रुपमा संचालनमा ल्याउन नसक्ने भएको छ।

    वर्ष दिनभित्र सक्ने गरि गत माघमा कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क जडानको लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेशन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो।

    सम्झौंता अनुसार ४२ सय वटा टावरको स्तरोन्नति गर्नुपर्ने थियो । टुजी र थ्रिजी सेवा दिएका ती टावरमध्ये अहिलेसम्म पाँच सय टावर मात्रै स्तरोन्नति भएर फोरजी सेवा संचालनमा आएको छ । देशभरि फोरजी सेवा विस्तारका लागि ६ सय वटा नयाँ टावर निर्माणका लागि सम्झौंता भएको थियो । तर नयाँ टावरको काममा कम्पनीले सुरुवातनै गर्न सकेको छैन ।

    टेलिकमका अनुसार अहिलेसम्म आवश्यक सामाग्री र उपकरण मात्रै खरिद सकिएको छ। टेलिकमले अहिलेसम्म देशका ४२ जिल्लाका १ सय ८ मुख्य शहरमा मात्र फोरजी सेवा संचालनमा ल्याएको छ । देशका सबै स्थान फोरजी सेवा संचालनमा ल्याउने समयका बारेमा किटान गर्न सकेको छैन।

    टेलिकमको चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटा, जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौर,धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरिया र सुर्खेतमा फोरजी सेवा संचालनमा आइसकेको छ ।  

    टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ। टावरको फाउन्डेसन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको जनाएको छ।

    सेवा विस्तारपछि फोरजी सेवाका प्रयोगकर्ता १६ लाख हाराहारी छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast