मंगलवार, माघ ७, २०७६
    लाइफस्टाइल

    करिब ४० लाख अष्ट्रेलियाली गम्भीर प्रकृतिको मानसिक समस्याबाट पीडित

    बिहिवार, २८ कार्तिक २०७६, आहाखबर

    क्यानबेरा, २८ कात्तिक  । 

    गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ ।

    प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिए पनि बर्सेनि यति ठूलो संख्याका अष्ट्रेलियालीले उपाचार नै नगराएको पाइएको हो ।

    अनुसन्धान अधिकारीहरुका अनुसार अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् ।

    उनीहरुमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्ता लगायतका समस्याहरुबाट पीडित रहेका छन् । यी विरामीहरुमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहूँचमा रहने गरेका छन् । उनीहरुलाई उपचारको पहूँच हुने गरेको बताइएको छ ।

    अष्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा बृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहूँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ । अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast