शुक्रबार, मंसिर २७, २०७६
    राज्य-समाज

    ओली–नेपालबीच चार घण्टाको लगातार वार्ता ! ‘आइसब्रेक’ भएकै हो त ?

    बुधबार, २७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २७ कात्तिक

    मंगलबार बिहान एघार बजेदेखि चार घण्टा लामो संवाद भएको स्रोतले जनाएको छ । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली–नेपालबीच भएको भेटवार्तामा एकअर्काले मन माझामाझ गरेका थिए ।

    अध्यक्ष ओलीले बोलाएपछि वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार, दुवै नेता विगतका सम्बन्धबारे समीक्षा गर्नेतर्फ केन्द्रित भएका थिए । भेटमा अध्यक्ष ओलीले दुई जना (आफू र नेता नेपाल) बीच दूरी बढाउन केही नेताहरु नै लागी परेको प्रसंग उल्लेख गरेका थिए ।

    पार्टी एकीकरण प्रक्रिया र राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीले एकलाैटी गरेको भन्दै नेता नेपालले विमति जनाउँदै आएका थिए ।

    यतिसम्म कि ४ भदौको सचिवालय बैठकमा त अध्यक्ष ओलीले नेता नेपालले दिएको स्वास्थ्यलाभकाे  कामना समेत अस्वीकार गर्ने अभिव्यक्ति दिएका थिए।

    तर, अध्यक्ष ओली आफैले सम्बन्ध सुधारको प्रयासमा बालुवाटार ‘सिटिङ’ तय भएको थियो । दुई नेताबीच मन माझामाझ बाहेक पार्टीको आगामी योजनाबारे समेत छलफल भएको छ ।

    विशेषगरी पार्टी सदस्यता व्यवस्थापनदेखि मदननगर बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउनेबारे छलफल भएको थियो ।

    स्रोतका अनुसार, पार्टी कार्यालय निर्माणको पहल कदमी लिन नेता नेपाललाई अध्यक्ष ओलीले आग्रह गरेका थिए।

    लामो बसाइका क्रममा अध्यक्ष ओली र नेता नेपालले खाना समेत सँगै खाएका थिए । अध्यक्ष ओलीले नै खाना खानेगरी नेता नेपाललाई बालुवाटार बोलाएको बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast