शुक्रबार, मंसिर २७, २०७६
    राज्य-समाज

    देउवा नगएपछि संवैधानिक परिषदको बैठक बसेन

    बुधबार, २७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २७ कात्तिक

    प्रमुख प्रतिपक्षी दलका नेता नगएपछि बुधबार बोलाइएको संवैधानिक परिषद्को बैठक बस्न सकेन ।

    विपक्षी दलका नेता देउवाले ‘आउन नपाउने’ खबर पठाएपछि बैठक स्थगित भएको हो । अर्को बैठक पनि टुङ्गो लागेको छैन ।

    बुधबारको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान र निर्वाचन आयोगमा रिक्त आयुक्तहरूको नियुक्ति गर्ने कार्यसूची थियो । त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्य नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी थियो ।

    बुधबारको बैठकमा महिला आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्त गर्ने, राष्ट्रिय दलित आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्त गर्ने र राष्ट्रिय समावेशी आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्त गर्ने कार्यसूची रहेको स्रोतको भनाइ छ ।

    यसैगरी आदिवासी, जनजाति आयोगको अध्यक्ष र सदस्यहरू र मधेसी, थारू र मुस्लिम आयोगमा आयोगमा पनि सदस्य नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी थियो ।

    तर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आउन नभ्याउने सन्देश पठाएपछि बैठक बस्न नसकेको स्रोतको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast