सोमबार, चैत्र २४, २०७६
    स्वाद/परिकार

    शाकाहारी सम्झेर खाने यी ५ कुरा शाहाकारी हुँदै होइन !

    बुधबार, २७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २७ कात्तिक 

    जुन खानेकुरालाई शाकाहारी सम्झेर खानुहुन्छ, त्यो शाकाहारी हुँदै होइन । 

    सेतो चिनी – सेतो चिनीलाई सफा गर्दा जुन प्रक्रिया अपनाइन्छ, त्यसमा प्रकृतिक कार्बनको प्रयोग हुन्छ जुन जनावरहरुको हड्डीबाट बनेको हुन्छ । त्यसैले तपाई शाकाहारी हनुहुन्छ भने रिफाइन्ड चिनी नखानुहोस् ।

    बियर वा वाइन – मदिरालाई सफा गर्नका लागि ‘इजिनग्लास’को प्रयोग गरिन्छ, जुन फिस ब्लेडरबाट बनेको हुन्छ ।

    जाम – यदि तपाई पनि जाम खानुहुन्छ भने सतर्क रहनुहोस् । यसमा जिलेटिन हुन्छ, जुन जनवारबाट उत्पादन गरिएको हुन्छ ।

    सुप – यदि रेष्टुरेन्टमा सुपलाई शाहाकारी मानेर खानुहुन्छ भने सावधान हुनुहोस् । रेष्टुरेन्टमा सुप बनाउँनका लागि जुन ससेजको प्रयोग गरिन्छ, त्यो माछाबाट उत्पादित चीजको प्रयोग गरिएको हुन्छ ।

    तेल – बजारमा पाइने कतिपय तेलमा ओमेगा–३ फ्याटी एसिड्स पाइन्छ, जुन शाकाहारी होइन । केही यस्ता तेल जसमा भिटामिन डी रहेको दाबी गरिन्छ, जसमा लेनोलिन पाइन्छ जुन भेडाबाट बनेको हुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast