सोमबार, माघ १३, २०७६
    कला-सौन्दर्य

    प्रख्यात गायिका लता मंगेशकर आईसीयूमा, स्वस्थ्य अवस्था गम्भीर

    मंगलवार, २६ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २६ कात्तिक 

    भारतीय चर्चित गायिका लता मंगेशकर गम्भीर बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ ।उनको आईसीयूमा राखेर उपचार भइरहेको छ र स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ ।

    फोक्सोमा संक्रमण देखिएपछि उनलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको हो । चिकित्सकले आईसीयूमा राखेर उपचार भइरहेको छ । स्वास फेर्न नसक्ने भएपछि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।

    अस्पतालका ईन्टरनल मेडिसिन फिजिसन डा.प्रतीत समदानीका अनुसार, उनको बायाँ भेन्टिकुलरमा समस्या देखिएको छ । ‘बायाँ भेन्टिकुलरमा समस्या देखिएको छ । निमोनिया पनि भएको छ । स्वास्थ्य अवस्था गम्भीर छ,’ डा.समदानीले भने ।

    उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, दुई दिनदेखि उनको स्वास्थ्यमा खासै सुधार आएको छैन ।

    लताकी बहिनी उषाले पनि पीटीआईसँग कुराकानी गर्दै उपचार भइरहेको बताएकी छन् । उनले भने लताको स्वास्थ्यमा सुधार आइरहेको बताएकी छन् । प्रसिद्ध गायिका लताले थुप्रै गीत गाएकी छन् । उनले ३५ भाषामा गीत गाएकी छन् । 

    उनले पहिलो गीत सन् १९४२ मा ‘माता एक सपूत की दुन‍िया बदल दे तू’ गाएकी थिइन् । उनले एक हजारभन्दा बढी फिल्ममा स्वर दिएकी छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast