मंगलवार, माघ १४, २०७६
    लाइफस्टाइल

    देशभर चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री

    मंगलवार, २६ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कार्तिक २६

    देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

    मंगलबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री सेल्सियस मापन गरिएको हो । यो यस वर्षकै कम तापक्रम भएको मौसमविद्ले बताएका छन् ।

    त्यस्तै अहिले (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    आज देशका पूर्वी क्षेत्रमा सामान्य, पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएकाे मौसमविद्ले बताए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast