शुक्रबार, मंसिर २७, २०७६
    स्वास्थ्य

    यी १० प्रकारका टाउको दुखाइ जुन हुनसक्छन् खतरानक

    सोमबार, २५ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २५ कात्तिक 

    टाउको दुख्नु भनेको आफैंमा रोग होइन। कुनै पनि सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ । 

    तर आजभोलि टाउको दुख्ने बिरामीहरुको संख्या अस्पतालमा बढेको छ ।  यसको उपचार सम्भव कति छ भन्नेबारे विज्ञानले अहिलेसम्म कुनै उत्तर दिएको छैन । केही वर्ष यता सिटी स्क्यान, एमआरआइजस्ता उपचार पद्धति पनि प्रयोग हुन थालेका छन् ।

    तैपनि कयौं अवस्थामा टाउको दुख्नुको कारण पत्ता लाग्न सक्दैन । त्यसो त टाउको दुख्नु आफैंमा एउटा रोग हुनैपर्छ भन्ने पनि छैन । अन्य रोगहरुका कारण पनि हाम्रो टाउको दुखिरहेको हुनसक्छ । जे होस्, टाउको दुखेर अस्पताल पुगेका बिरामीहरुका लागि चाहिँ डाक्टरहरुले लामो समय दिएर उनीहरुको कथा सुनेकै हुनुपर्छ । त्यसमाथि टाउको दुख्ने समस्या कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । जस्तो कि ज्वरो आउनु पहिले, रुँघाखोकी लाग्नु पहिले पनि टाउको दुख्न सक्छ । कहिलेकांही हाम्रो रक्तचाप अत्यधिक बढ्दा पनि हाम्रो टाउको दुख्न सक्छ ।

    तर, ब्लड प्रेसर बढ्दा टाउको दुख्ने समस्या चाहिँ २० प्रतिशत बिरामीमा मात्र देखिने चिकित्सकहरु बताउँछन् । अरु रोगका कारण वा समस्या कारण हुने टाउको दुखाइलाई सेकेन्डरी मानिन्छ । तर, टाउको दुख्ने नै समस्या पनि छुट्टै रोग पनि हुनसक्छ । माइग्रेन एउटा त्यस्तै रोग हो जसमा टाउको दुखिहाल्छ । तर, केही अवस्थामा टाउको दुख्नु चाहिँ निकै खतरानक हुनसक्छ ।

    यस्तो अवस्थामा तत्काल वा जतिसक्दो छिटो चिकित्सककहाँ पुग्नु राम्रो मानिन्छ ।

    यी १० अवस्थामा टाउको दुखेको छ भने तत्काल चिकित्सककहाँ देखाउन जानु पर्छः

     १. यदि टाउको यति साह्रै दुखेको छ कि यसअघि तपाईंले कहिल्यै पनि यस्तो महसुस गर्नु भएको थिएन ।

    २. पहिलो पटक टाउको दुखिरहेको छ र यो अत्यन्त चर्को गरि दुखिरहेको छ ।

    ३. यदि टाउको दुख्नुभन्दा पहिले वान्ता भएको थियो । वान्ता भइसकेपछि टाउको झन् बढी दुखिरहेको छ ।

    ४. यदि टाउको दुख्दा कोही बेहोस भएको छ भने वा शरीरको सन्तुलन बिग्रिएको छ भने वा बोली लटपटिएको छ भने पनि तत्काल उपचार गर्नु आवश्यक हुन्छ ।

    ५. यदि झुक्दा वा खोक्दा वा कुनै गह्रौं सामान उठाउँदा टाउको दुख्छ भने तत्काल उपचारका लागि अस्पतालमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

    ६. यदि टाउको दुखाइका कारण कोही सुत्न सकेको छैन भने तत्काल चिकित्सक कहाँ पुग्नु पर्ने हुन्छ ।

    ७. यदि रातभर सुतेर उठ्दा पनि विहान टाउको दुखिरहेको छ भने एकपटक चिकित्सककहाँ जाँच्न जानै पर्ने हुन्छ ।

    ८. यदि कोही ५५ वर्षभन्दा माथिको छ र पहिलो पटक यो उमेरमा पुगेपछि टाउको दुखेको अनुभूति गरिरहेको छ भने पनि त्यो व्यक्तिलाई तत्काल अस्पताल लैजानु पर्ने हुन्छ ।

    ९. यदि टाउको दुख्न थालेको केही दिन वा केही साता भइसकेको छ र यो झन्झन् बढ्दो छ भने तत्काल चिकित्सकहरुलाई देखाउनु पर्ने हुन्छ ।

    १०. यदि टाउको दुखिरहँदा टाउकोको दुई भागमा अँठ्याउँदा झन् बढी टाउको दुख्छ भने अस्पताल जानु पर्ने हुन्छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast