शुक्रबार, मंसिर ६, २०७६
    राज्य-समाज

    बालुवाटारमा सर्वदलीय बैठक, यस्ता छन् छलफलका एजेण्डा

    शनिबार, २३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २३ कात्तिक 

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन्।
    बैठक आजै अपरान्ह चार बजे बस्दैछ । 

    बैठकमा प्रमुख दलका प्रायः शीर्ष नेता सबै उपस्थिति हुनेछन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् ।

    स्रोतकाअनुसार कालापानी र लिपुलेकबारे प्रधानमन्त्री ओलीले प्रमाणपनि पेश गर्ने र यसबारेमा भारतसँग आफूले नै कुटनीतिक रुपमा डिल गर्ने तयारी गरेका छन् । लिपुलेकबारे भारत र चीनमात्रै नभएर नेपालको पनि सहभागिता रहनेगरि भारत र चीन दुवै देशका प्रमुखसँग कुरा गर्ने ओलीको योजना छ । 

    बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरुलाई पनि बोलाइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast