शुक्रबार, मंसिर ६, २०७६
    राज्य-समाज

    भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन : मन्त्री भट्टराई

    शनिबार, २३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २३ कात्तिक 

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नु नहुने बताएका छन् ।

    लिम्पीयाधुराबाट उत्पती भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी भएको उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाईबाट प्रस्ट छ । यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नुको कुनै तुक छैन ।’

    उनले सीमा विवादबाट भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुने बताएका छन् । ‘नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ,’। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast