शनिबार, कार्तिक ३०, २०७६
    स्वाद/परिकार

    किन यती धेरै बफ मःम बिक्छ काठमाडौंमा ?

    शनिबार, २३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २३ कात्तिक

    रेष्टुरेण्टमा गएर खाजा अर्डर गर्न जति मेनु हेरेपनि नेपालीले अन्तिममा मःम नै माग्छन् । हुनपनि शहरमा मःमको माग धेरै छ ।

    अहिले बजारमा बफ, चिकेन, मटन, भेज, पनीरलगायतका धेरै स्वादमा पाइने मःम पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् । तपाईलाई थाहा नहुन सक्छ मःम बारे तलका अच्म्मका कुरा ।

    – मःम पारखीको माग पनि अनेकौं देखिएका छन् । अध्ययन अनुसार अहिले काठमाडौं उपत्यकामा बनाना मःमको माग एकदमै बढ्दै गएको छ ।

    – अध्ययन अनुसार काठमाडौँमा मःम मात्रै बेचेर करोडपति हुनेको संख्या ६० जनाको हाराहारीमा छ ।

    – सबैलाई थाहा नहुने तथ्य के छ भने मःम बनाउन प्रयोग गरिने किमामा मासु जति नै मस्यौरा राखिएको हुन्छ ।

    – अहिलेसम्मको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिक्ने मःम भनेको बफ मःम हो । त्यसपछि चिकेन मःम बिक्छ ।
    – एक अध्ययनअनुसार, काठमाडौँ उपत्यकामा मात्र दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast