बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    प्रदेश राजधानी छिट्टै तोकिन्छ : मुख्यमन्त्री पौडेल

    शुक्रबार, २२ कार्तिक २०७६, आहाखबर

    मेलम्ची, २२ कात्तिक

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिटै ताकिने बताउनुभएको छ । उहाँले उक्त विषय संवैधानिक प्रक्रियामै अघि बढेको उल्लेख गर्नुभयो ।  

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको भावना अनुरुप राजधानी तोकिने बताउनुभयो । 

    प्रदेशसभाको दुईतिहाई सदस्यले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाउने संवैधानिक प्रक्रिया भए पनि सकेसम्म सहमतिकै आधारमा जान खोज्दा ढिलाइ भइरहेको उहाँले प्रष्ट पार्नुभयो । 

    “सहमति भएन भने संवैधानिक प्रक्रियामा जानैपर्छ, त्यसपछि कहाँ हुन्छ भन्न सकिन्न”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । सहमतिबिना संवैधानिक प्रक्रियामा गएर भए पनि छिट्टै स्थायी राजधानी तोकिने उहाँको भनाइ थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast