बिहिवार, मंसिर ५, २०७६
    आर्थिक खबर

    अदालतको आदेश : व्यापारी रुप ज्योति र छोरी सुरुची ३ दिन थुनामा

    शुक्रबार, २२ कार्तिक २०७६, - आहा खबर संवाददाता.

    काठमाडौं, २२ कार्तिक । 

    ठगीको  आरोपमा बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका व्यावसायी रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

    प्रहरीले रुपज्योतीका बाबुछोरीलाई हाउजिङका नाममा सर्वसाधारणलाई २ करोड ७० लाख ठगी गरेको आरोपमा नियन्त्रणमा लिएको हो । 

    केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो । 

    प्रहरी स्रोतका अनुसार विदेशमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै पक्राउ गरिएको हो।   

    व्यापारी रुप ज्योति र उनकी छोरीमाथि व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी नदिएको आरोप लागेको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast