बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    अब सात हजार मै युएई, श्रमिकलाई अनगिन्ती सुबिधा

    शुक्रबार, २२ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, २२ कात्तिक

    सोमबार भएको नेपाल युएई संयुक्त बैठकले अब नेपालीहरुले युएई जान म्यानपावर कम्पनीलाई पैसाँ नतिर्नुपर्ने निर्णय गरेको छ ।

    नेपाल र युएई बिच यस अघिनै शून्य लागतको श्रम सम्झदारी (एमओयु) कार्यान्वयन गर्ने छलफल भएको थियो ।अब युएई जाने हवाई टिकट पनि रोजगार दाता कम्पनीले नै उपलब्ध गराउने छ । तर म्यानपावर व्यवसायीले भने सरकारको सहमती कार्यान्वयनमा ल्याउन कठिन रहेको बताएका छन् ।

    दुई देशको सहमतिपछि अब युएई जाने कामदारले म्यादी जीवन बिमा, कल्याणकारी र अभिमुखीकरण तालिमका लागी मात्र शूल्क तिर्नु पर्ने छ । उक्त तिन कुराको शुल्क जम्मा सात हजार रुपैंया मात्र रहने छ ।

    उक्त रकम तिरे पछि म्यादी जीवन बिमाबाट कामदारको मृत्यु हुदाँ बिमा कम्पनीले १४ लाख दिने छ भने कल्याणकारी कोषको पैसाले श्रमिकको निधन हुदाँ वैदेशिक रोजगार बोर्डले रु ७ लाख उपलब्ध गराउने छ । यस अघि युएई जाने कामदारले म्यानपावर कम्पनीलाई न्युन्तम ५० हजार बुझाउदै आएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast