बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    रौतहट हत्या प्रकरण : आलमको थुनछेक बहस आज पनि

    शुक्रबार, २२ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, कात्तिक २२ ।

    प्रतिनिधिसभाका निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबार पनि हुने भएको छ । बिहीबार दिउँसोबाट भएको बहसमा सरकारी वकिलको तर्फबाट तीनजना वकिलले बहस गरेका थिए । 

    थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवाल, उपन्यायधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्यायाधिवक्ता सूर्यप्रसाद दाहालले बहस गरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । शुक्रबार सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्ने श्रेस्तेदार पराजुलीले जानकरि दिए । 

    सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले बहस गर्ने उनले जानकारी दिए । जाहेरवालाका तर्फबाट नौजना वकिलले बहस गर्ने भएका छन । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा. कुमार शर्मा आचार्यले बहस गर्ने छन् । प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् । 

    विसं. २०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast