बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    तीनकुने 'पार्क'को सुरक्षाका लागि सफाइ अभियान

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २१ कात्तिक

    तीनकुने उद्यानको संरक्षण गर्ने उद्देश्यले शुरु गरिएको सफाइ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आउनुहुँदा निर्माण गरिएको तीनकुने उद्यानको संरक्षण एवं फोहर हुन नदिन गत कात्तिक ७ गतेदेखि सफाइ शुरु गरिएको अभियानकर्मी धीरेन्द्रकुमार साहले राससलाई जानकारी दिनुभयो ।

    सफाइ अभियानकर्मीलगायत ५० जनाभन्दा बढीको सक्रियतामा भएको सफाइबाट छ बोरा फोहर व्यवस्थापन गरिएको थियो । उद्यानको सुरक्षाका लागि अभियानकर्मीको पहलस्वरुप यहाँको सफाइ अभियान शुरु भएको हो ।

    सफाइ जारी राखी तीनकुने उद्यानलाई हराभरा बनाइने उहाँको प्रतिबद्धता छ । नेपाल प्रहरीले पनि यहाँको रुख, बिरुवा एवं फूलका बोटको संरक्षणका लागि सुरक्षा दिइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast