बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    धनगढी, २१ कात्तिक

    सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश, २०७६ स्वीकृत गरेको छ ।

    प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा स्थापना गर्ने निर्णय प्रदेशसभाको बैठकले झण्डै एक वर्षअघि नै गरिसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश समपुरक अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६ र प्रदेश अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६ स्वीकृत गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई जानकारी दिनुभयो ।

    यसैगरी मन्त्रिपरिषद् बैठकले आउँदो मङ्सिर २० गते धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast