बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने, भुटानमा गर्ने प्रस्ताव

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २२ कात्तिक

    विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध दशरथ रंगशालामा हुने भनिएको खेल नहुने भएको छ। 

    विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोकेको हो।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल घरेलु मैदानमा गर्ने प्रस्ताव गरेको थियो। 

    जसमा एएफसी प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङसहितको टोलीले कात्तिक १९ गते दशरथ रंगशालाको निरिक्षण गरेको थियो। 

    जसमा रंगशालाको चौर र प्याराफिटकै काम राम्ररी हुन नसकेको एएफसीको ठहर थियो। अहिले एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने एन्फालाई समेत बताइसकेको छ। 

    एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने जानकारी दिएसँगै आफूहरुले भुटानको चाङलिमिथाङ रंगशालामा खेल सञ्चालन गर्न फिफा र एएफसीसँग प्रस्ताव गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन्। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast