बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    देउवाले भारतीय राजदूतलाई फोन गरेर के भने ?

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २१ कात्तिक

    प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको छ । 

    संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा प्रष्ट रहेको उल्लेख गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्विटमार्फत पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुभएको थियो । 

    यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने काङ्ग्रेसको दृष्टिकोण रहेको उहाँले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast