बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    नेपाललाई निरन्तर सघाउने अमेरिकाको प्रतिबद्धता

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २१ कात्तिक ।

    अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  अर्थमन्त्री युवराज खतिवडासँग विहिबार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताउनुभयो । 

    प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने  उहाँले बताउनुभयो । 

    मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।  

    नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताउनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast