बिहिवार, मंसिर ५, २०७६
    स्कुल-कलेज

    चीनको ताजा निर्णय : रातको १० बजेदेखि बिहान ८ बजेसम्ममात्र अनलाइन गेम खेल्न पाइने !

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    एजेन्सीहरु, २१ कार्तिक । 

    अहिलेको आधुनिक जमानासँगै बालबच्चामा समेत नयाँ बानीब्यहोराको विकास हुँदै गएको प्रशश्त भेट्न सकिन्छ । यसैबीच छिमेकी देश चीनमा त्यहाँको प्रशाषनले बालबालिकाहरूलाई लक्षित गर्दै नयाँ नियम लगाएको छ । विशेष गरी वालवालिकालाई अनलाइन गेमको लतबाट जोगाउने हेतुले त्यहाँको सरकारले उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    उक्त नयाँ नियमका अनुशार चीनका १८ वर्षभन्दा मुनिकाहरू वालवालिकाहरुले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिने भएको हो ।

    त्यसबाहेक चीनले सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला ३ घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको जनाइएको छ।

    अनलाइन खेलका लागि चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक भएको कुरा सर्वविदितै छ । यस्तो अवस्थामा विशेष गरी भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पर्दै गइरहेकाले यस्तो कदम उठाउन लागिएको त्यहाँका  अधिकारीहरूले बताएका छन्।


    यसैबीच हालसालै सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको जनाइएको छ।

    भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आइरहेको छ।

    अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै जाने गरेको भेटिएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।

    त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द समेत गरेको थियो जुन ९ महिनासम्म लागु हुँदा त्यहाँका ठूला उद्योगमा असर परेको थियो।


    यस्तो छ खर्च विवरण 

    लागू गर्न लागिएको नयाँ नियमअनुसार  ८ देखि १६ वर्षका बालवालिकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन्। स्मरण रहोस् चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो।

     

    गेमिङ डिसअर्डर हुने डर 

    विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई गेमिङ डिसअर्डरको रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो।

    त्यस्तै, चीन बाहेकका अन्य केही देशहरूले भने अत्यधिक अनलाइन गेम खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गर्दै यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय समेत राखेको दाबी गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast