शुक्रबार, मंसिर ६, २०७६
    अध्यात्म चर्चा

    तपाईंको दाँत खप्टिएको त छैन, यस्ता विशेषता भए भइन्छ भाग्यमानी !

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, २१ कात्तिक

    हरेक मानिसको फरक–फरक शरीरिक बनावट र संकेतले व्यक्तिको भाग्य निर्धारण गर्ने समुद्रशास्त्रले बताउँछ । शास्त्रका अनुसार शरीरमा भएका यस्ता संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

     

    १. दाँतमाथि दाँत खप्टिनु

    समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानी हुन्छन् । यसका साथै यस्ता व्यक्ति असल र मित्रहरुलाई सधैँ साथ दिने खालका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

     

    २. ६ वटा औँला

    सामान्यतः हरेक मान्छेको हात र खुट्टामा पाँच–पाँच वटा औँला हुन्छन् । तर संसारमा यस्ता मान्छे पनि हुन्छन् जसको कुनै हात वा खुट्टामा ६ वटा औँला हुन्छ । ६ वटा औँला भएका मानिस अत्यन्तै भाग्यमानी हुन्छन् भन्ने कुरा समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । यस्ता व्यक्ति अत्यन्तै इमान्दार र हरेक कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्छन् । यस्तै यिनीहरुले आफ्नो कामबाट प्रसिद्धि पनि कमाउँछन् ।

     

    ३. पुरुषको छातीमा रौँ

    यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । छातीमा रौँ भएका पुरुष धनाढ्य पनि हुन्छन् । जसले गर्दा यिनीहरुको जीवनमा कहिल्यै धनको कमी हुँदैन ।

     

    ४. दाँतको बीच खाली ठाउँ

    दाँतको बीचमा खाली ठाउँ भएका व्यक्तिहरु आर्थिक क्षेत्रका विषयमा निर्णय लिन निक्कै सक्षम हुन्छन् । समुद्रशास्त्रअनुसार यस्ता व्यक्तिहरु गफाडी पनि हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् । 

    यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँत बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्तिहरु पैसादेखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast