बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    परराष्ट्रको विज्ञप्‍तिमा बाबुरामको प्रश्‍न : हस्ताक्षर गर्न हात किन काँपेको ?

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौं,  २१ कात्तिक

    नेपाली भूमि कालापानी क्षेत्रलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति नेपालमा विरोध हुन थालेपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । उसले कालापानी क्षेत्र नेपालकै भूभाग भएकोमा नेपाल सरकार स्पष्ट भएको बताएको छ ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गम्भीर आपत्ति जनाएका छन् । उनले ट्वीटमार्फत आधिकारिक हस्ताक्षर बिनाको वक्तव्यले सरकारको इँजार फुस्किएको भन्दै व्यङ्ग्यसमेत गरेका छन् । 

    उनले बुधबार बेलुका ट्वीटरमा परराष्ट्रले जारी गरिएको विज्ञप्तिमा कसको हस्ताक्षर हो ? हात (वा आँत?) किन काँपेको होला? भनेर प्रश्न गरेका छन् । समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट‍्टराईले लेखेका छन्, चरम‘राष्ट्रवाद’को डंका पिटेर २/३ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला? के त्यो हस्ताक्षर हो?हात(वा आँत?) किन काँपेको होला?अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो?इँजार फुस्क्यो है! 

    चरम‘राष्ट्रवाद’को डंका पिटेर २/३ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला? के त्यो हस्ताक्षर हो?हात(वा आँत?) किन काँपेको होला?अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो?इँजार फुस्क्यो है! 

    परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति कसले हस्ताक्षर हो खुलेको छैन । हस्ताक्षर गर्नेको नाम र पद नखुलेको भन्दै सामाजिक संजालमा विज्ञप्तिको चर्को आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ताले सरकारले डराएर बेनामे विज्ञप्ति सार्वजनिक गरेको प्रतिक्रिया जनाएका छन‍् । 

    सरकारले कालापानी क्षेत्र नेपालकै भएको प्रस्ट पारेको छ। भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर सरकारले यस्तो धारणा सार्वजनिक गरेको हो । सरकारले भनेको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।’सञ्चारमाध्यममा भारतीय नक्सा सार्वजनिक भएपछि  परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको हो । भारतले नेपालको लिपुलेकलगायतका भूभागसमेत राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा चौतर्फी विरोध भएको छ । 

    सत्तारूढ नेकपादेखि अन्य दलले यस विषयमा सत्यतथ्य सार्वजनिक गरी कूटनीतिक माध्यमबाट भारतसँग संवाद गर्न आग्रह गरेका छन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast