बिहिवार, मंसिर ५, २०७६
    सावधान

    वैज्ञानिकको चेतावनी : विश्वभरका सरकार जलवायु परिवर्तन सम्बन्धी संकट समाधानमा 'फेल'

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २१ कात्तिक ।

    जलवायु परिवर्तनको प्रभाव विश्वभर परिरहेको र अहिले जलवायु आपतकालको अवस्था रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो ४० वर्षको तथ्यांकलाई विश्लेषण गरिएको अनुसन्धानमा प्रतिवेदनमा विश्वभरका सरकारले जलवायु परिवर्तन सम्बन्धी संकट समाधानका लागि काम गर्न नसकेको उल्लेख गरिएको छ ।

    विश्वभरका झण्डै ११ हजार वैज्ञानिकको संलग्नतामा भएको अनुसन्धानले विश्वमा अहिले जलवायु आपतकालको अवस्था रहेको उल्लेख गरेको छ । 

    तत्काल जलवायु परिवर्तन विरुद्ध एकीकृत ठोस प्रयास नभएमा अहिले मानव जातिले भोगिरहेको समस्या थप सघन भएर जाने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    अनुसन्धानको क्रममा आफूहरुले देखेको जोखिम र चुनौतिका बारेमा जानकारी गराउनु वा चेतावनी दिनु आफूहरुको नैतिक जिम्मेवारी रहेको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो स्याटेलाइट तथ्यांक अनुसार यो वर्षको अक्टोबर महिना इतिहासकै सबैभन्दा गर्मी या तातो अक्टोबर रहेको देखिएको छ ।

    सतहको तापक्रमको तथ्यांक लिनु र त्यसको विश्वलेषण गर्नु मात्रै जलवायु परिवर्तनको प्रभाव तथा त्यसको जोखिमका बारेमा सही जानकारी पाउने उपयुक्त माध्यम नहुने अध्ययनमा उल्लेख गरिएको छ । त्यसले समग्र रुपमा आफूहरुले तथ्यांकको विश्लेषण गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

    जलवायु परिवर्तनको प्रभाव स्पष्ट र यसमा विवाद गर्नु पर्ने कुनै ठाउँ नै नरहेको वैज्ञानिकहरुले बताएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast